नियम ६१
बढीमा पा“च वर्ष बढुवा रोक्का वा बढीमा पा“च तलब वृद्धि रोक्का गर्न सक्ने
: देहायका कुनै अवस्थामा सजायको आदेश दिने अधिकारीले प्रहरी कर्मचारीलाई बढीमा पा“च वर्ष बढुवा रोक्का गर्न वा बढीमा पा“च तलब वृद्धि रोक्का गर्न सक्नेछ ः-
(क) आपूmले सम्पादन गर्नु पर्ने काम कारबाहीमा लापरवाही गरेमा,
(ख) दुई पटकसम्म नसिहत पाएमा,
(ग) यस नियमावली वा अन्य प्रचलित कानूनले तोकेको पदीय दायित्व जिम्मेवारीपूर्वक पूरा नगरेमा,
(घ) माथिल्लो दर्जाको अधिकारीले दिएको निर्देशन पालना नगरेमा वा कार्यान्वयन नगरेमा,
(ङ) नियम ४४, ४५, ४६, ४९, ५० र ५१ मा उल्लिखित आचरण सम्बन्धी नियम उल्लङ्घन गरेमा,
(च) कार्यालय समयमा मादक पदार्थ सेवन गरेमा ।